
दैलेख : जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सात्तलाकी २६ वर्षीया सीता थापालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके पछि उनको सेनाको हेलिकप्टरबाट सोमवार उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको कम्मर मुनि बच्चा अड्के पछि थप उपचारका लागि उद्धार पछि सुर्खेत पठाइएको निमित्त प्रजिअ थापाले बताए । अप्रेशन गरी थापाको चार केजीको बच्चा निकालिएको जनाइएको छ । अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको निमित्त प्रमुख जिल्ला अधिकारी थापाले बताए ।










